जिरी नगरपालिकाको कार्यालय प्रचण्डद्वारा उद्घाटन

रामेछाप :- दोलखाको जिरी नगरपालिकाको नवनिर्मित कार्यलयको भवन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । जिरी नगरको आन्तरिक स्रोतमा निर्माण भएको भवनको शुक्रबार उद्घाटन गरिएको हो । जिरी एअरपोर्ट झरेलगत्तै उनले सगरमाथाको पहिलो आरोही तेन्जीङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको शालिक अनावरण गरेका थिए । विभिन्न कार्यक्रमहरुमा सहभागी शुक्रबार नै जिरी पुगेका अध्यक्ष दाहालको जिरीमा सञ्चालित जिरी सामुदायीक एफ एमको दोस्रो वार्षिक उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ । उनी आजै राजधानी फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस