दाङ:- तुलसीपुर बजारमा किराना समान तथा खाद्यन्न बस्तुहरुको मुल्य सुची सार्वजनिक गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि चार्डपर्वलाई लक्षित गदै उपभोक्तालाई सर्वसुलभ तथा सहुलियत हुने गरी उपसमितिले मुल्यसुची सार्वजनिक गरेको किराना व्यवसायी उपसमितिका संयोजक बसन्त खड्गीले जानकारी दिएका छन् ।
लसीपुर उद्योग बाणिज्य संघ अन्र्तगत गठित किराना व्यवसायी उपसमितिले किराना समान र खाद्य बस्तुको मुल्य सुची तयार गरी सार्वजनिक गरेको हो । उपसमितिले निर्णय गरे अनुसार खाद्य तथा किराना समानको प्रतिकिलोको दररेट कायम गरिएको हो ।
जसमा मोटा चामल ४५ रुपैया, मसिनो चामल ६५ देखी ८० रुपैया सम्म, जिरा खुल्ला ४ सय ५० रुपैया, धनिया २ सय ५० , मरिच १ हजार रुपैया, नरिवल ४ सय ५० रुपैया दररेट कायम गरिएको छ । त्यस्तैगरी छोडा २ सय ५०, अरहर दाल नम्वर १ एक सय ६०, अरहर दाल नम्वर २ एक सय ५०,मसुरो दाल १ सय रुपैया, मैदा ५५, आटा २ सय ४० रुपैया कायम गरिएको छ ।उपसमितिले गरेको निर्णय अनुसार खाद्य तथा किराना समान विक्रि गर्न अनुरोध गरीएको संयोजक खड्गीले बताएका छन् । प्रत्येक पसलहरुमा आफुहरुले तयार गरेको नयाँ मुल्य सुची अनुसार उपभोक्तालाई सहुलियतमा सेवा प्रवाह गर्न संयोजक खड्गीले सवैमा अपिल समेत गरेका छन् ।