काठमाडौं :- देश भरी दशैको चहल पहल सुरु भयो बिदेश रहेका नेपाली आफन्त सँगै दशै मनाउन नेपाल फर्कन थालेका छन् तर मेरो मनमा दशै आए जस्तै भएको छैन ।
पहिले पहिले खरले छाएको-रातोमाटोले लिपेको सानो घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो तर अहिले त्यो कहाँ ? ठुला ठुला सिमेन्टेड घर बन्दै गए । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो । घटस्थापनाका दिनदेखी कोटघरमा दुर्गा पूजा हुने गर्दथे। साथीभाइ मिलेर टाढा टाढासम्मका देबी देबताको को दर्शन गर्न मन्दिर मन्दिर धाइन्थ्यो ।अहिले नजिकैको मन्दिरजाने फुर्सद नै कहाँ भयोर ? दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो । रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो फुलपातीका दिन देखी लिङे पिङ हाल्ने र खेल्नेको भिड गाउँकोचौतारामा थामी नसक्नु हुन्थ्यो र पो दसै आएझै लाग्थो। दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै सेल रोटी बनाउनका लागि चामल कुटेर पिठो बनाउन रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो । दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थ्यो।
गाउँको चौतारोमा सास्कृतिक कार्यक्रम हुन्थ्यो, खेलकुदका कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई हुन्थ्यो अनी पो दशै आए जस्तो आभास हुन्थ्यो ।बिदेशबाट फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो। पोहोरको दसैमा यती दक्षिणा भएथ्यो, अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो । बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो । अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउँ छिर्थे । घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो । सधै निख्लो ढिडो र मकैको भात पाक्ने गरीबका अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो । निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो । तर खै त अहिले त्यो दसै ? उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।दशैकाे महत्व
जे होस अहिलेको दसैं पहिले जस्तो नभएपनी दशै भनेको कसैलाई दसा नबनोस् सबैको मनमा शान्ती छाओस नेपालयन खबरको तर्फ सम्पूर्ण मानब जातिमा शुभ कामना ।
अबिसेक डाँगी
सम्पादक
नेपालयन खबर
नेपालयन खबर मिडिया प्राईवेट लिमिटेड