दसैंका लागि आजदेखि नयाँ नोट साटिँदै, कहाँ-कहाँबाट साट्न पाइन्छ ? (सूचीसहित)

रामेछाप :- यसवर्षको दसैंका लागि सर्वसाधारणले आज (शुक्रबार)देखि नयाँ नोट साट्ना पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।
यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो ।

कहाँ-कहाँबाट नयाँ नाेट साट्ना पाइन्छ ?
राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ । नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नाेट साट्न सकिने राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकका शाखा कार्यालयहरू न्यूराेड, कीर्तिपुर, महाराजगन्ज, जाेरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नाेट साट्ने सकिने छ । राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू- सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानाे थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टाेखाबाट नयाँ नाेट साट्ना सकिने राष्ट्र बैंकले जनाएकाे छ । त्यस्तै कृषि बैंकका शाखाहरू- गाैशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकाेट र पुलचाेकबाट दसैंकाे लागि नयाँ नाेट साट्न सकिने छ । उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस