एमाले र माओवादीको चुनाव चिन्हबाट तत्कालिन कुन दल उठ्दैछन् ?

रामेछाप :- धेरैलाई कौतुहल होला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रको चुनाव चिन्हबाट कुन दल उठदैछ ? हुन पनि तत्कालिन यी दुई ठूला पार्टी यतिबेला छैनन् । अर्थात दुई दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । अनि यस अघिका एमाले र माओवादी केन्द्रले चुनावन लड्दै आएको चुनाव चिन्ह के भयो ? एमालेको चुनाव चिन्ह सूर्य नेकपाले आफ्नो चुनाव चिन्हको रुपमा प्रयोग गर्ने भएको छ । धेरैले नेकपाको चुनाव चिन्ह के हुन्छ होला भनेर प्रश्न गरिरहेका बेला यो पार्टीले तत्कालिन एमालेको चुनाव चिन्ह प्रयोग गर्ने भएको हो । यस सम्बन्धि निर्वाचन आयोगले नेकपालाई सूर्य चिन्ह प्रदान गरिसकेको छ । नेकपाले पार्टी ब्यानरमा भने सूर्य भित्र हसिया हथौडा राख्दै आएको छ । जसका कारण धेरैले नेकपाले सूर्य भित्र हसिया हथौडाको चुनाव चिन्ह प्रयोग गर्छ भन्ने अनुमान थियो । तर सूर्य चिन्ह लामो समयदेखी जनताको मनमा पर्न सफल भएको भन्दै नेकपाले एमालेको चुनाव चिन्हलाई नै आफ्नो चुनाव चिन्ह बनाएको छ । तत्कालिन माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा पनि प्रयोग हुने भएको छ । यो चुनाव चिन्ह गोपाल किराँतीको पार्टीले प्रयोग गर्ने भएको छ । प्रचण्डबाट असन्तुष्ट बनेर बाहिरिएका किराँतीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस