खेलकुदको बिकाशका निम्ती सबैएक जुटहुनुपर्छ,पौडेल

तुल्सीपुर:- तुल्सीपुरमा बिकाशको निम्ती सबै एक जुट भयरलाग्नु पर्ने बताएका छ्न । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेल को नेपाल तरुणदल तुलसीपुरले अयोजना गरेको तुरुण कप फुटबल प्रतियोगिताको तुलसीपुरमा बिहिबार उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेले स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्न र नयाँ पिढीलाई फूटबल प्रति आकर्षण गर्नुपर्नेमा जोडदिनुभयो । ‘खेलले स्वास्थ्य मात्र राख्दैन यसले देशलाई चिनाउने काम पनि गर्छ,पौडेलले भन्नुभयो अनुशासनमा खेलिने खेल भएकाले अनुशासनमा रहनुहोला । नेपाल तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सुनिलबाबु डाँगीको अध्यक्षतामा भएको प्रतियोगितामा क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएका जिल्ला तहका नेता कार्यकर्ता पुगेका थिए । कार्यक्रममा स्वागत नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले गर्नु भएको थियो ।बिहीबारकाे खेलमा युएन बिसी घोराही बिजयी भएको छ । युएन बिसीले एसएस एफए तुलसीपुरलाई सुन्यका बिरुद्ध (०–५¬) पाँच गोल प्रहारगरी बिजयी यात्रा सुरु गरेको हो । खेल सुरु भएको ८ औ मिनेटमा युएन बिसीका खेलाडी आर्श महराले पहिलो गोल गरेका थिए भने २९ औं मिनेटमा युएन बिसीकै रुपक शाहीले अर्को गोल गरेका थिए । त्यस लगत्तै युएनबिसीकै आर्श महराले खेल सुरु भएको ३२, ३३ र ४० औ मिनेटमा पुनः गोल हानेका थिए । शुक्रबार बिहानको पहिलो खेल उज्याले बिहानी घोराही र तुरुणदल ३ नं वडा तुलसीपुर र दोस्रो खेल काँसीपुर युवा क्लव र सक्सेश बी तुलसीपुर, बिच हुने छ । फुटबल प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुने खेलकुद पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । असोज १६ गतेसम्म संचालन हुने प्रतियोगीतामा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमलाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार र कप, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा दृतिय हुने टिमले नगद ३३ हजार ३ सय ३३, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई वेष्ट प्लेयर, वेष्ट डिफेन्स, वेष्ट किप्पर र वेष्ट कोचको छनौट गरि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । खेल नकआउट सिस्टमबाट खेलाइने अयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस