नेपालीकाँग्रेस गुटकै कारणले पराजित हुने महामन्त्री कोइरालाको भनाई

रामेछाप :- नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले नेपाली काग्रेस आफ्नै आन्तरिक गुटवन्दिको कारण पराजित हुँदै आएको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले काँग्रेस अरु कसैका कारणले नभई आप्mनै कारणले पराजित भएको बताए । अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक भए पनि त्यसलाई निरन्तरता दिनु काँग्रेको लागि दुर्भाग्य भएको उनले बताए । अहिलेको दुईतीनहाईको बहुमतको सरकाले विकासको कुनै नयाँ खाका ल्याउन नसकेको उनले आरोप लगाए । सरकारले सपना मात्रै बाढेको तर विकासको कुनै खाका ल्याउन नसकेको उनको भनाई थियो । युवालाई कृषिमा जोड्ने कार्यक्रम नल्याएसम्म देश अघि नबढ्ने उनले बताए । काँग्रेसको ध्यान अब हुन लागेको विभिन्न तहको निर्वाचन र पार्टीको महाधिवेशनमा केन्द्रित रहेको कोइलाको भनाई थियो । महाधिवेशनमा पार्टी सभापतिमा उनको उम्मेदवारीको विषयमा पत्रकारले सोधेको प्रश्नमा त्यो समयले बताउने उनको जवाफ थियो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस नेता चन्द्र भण्डारीले चिनसंग नेकपाले भाइचाराको सम्बन्ध स्थापित गर्नु नयाँ कुरा नभएको बताए । उनले माक्स, लेनिन र माओको नाममा मान्छे मारेका कम्युनिष्टले चिनका राष्ट्रपतिको नाममा विकास गरे राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस