रामेछाप :- काठमाडौं जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। सवारी ज्यान मुद्दाको अभियोग खेपिरहेका २८ वर्षीय सनम तामाङ फरार भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत गौशालाले उनलाई सवारी ज्यानमा मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राखेर सुनुवाई गर्ने आदेश दिएसँगै हत्कडीसहित उनि फरार भएका हुन्। फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।