काभ्रे कोसीपारीमा बस दुर्घटना १० यात्रु घाइते , एकजनाको अवस्था गम्भीर

रामेछाप :- काभ्रेको कोसीपारीस्थित चौरी पोखरीबाट काठमाडांै जादै गरेको बा२ख ६३८६ नम्बरको अरनिको यातायात सेवा समितिको बस काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–७, फलाटेको क्यामुनेचौरमा ब्रेकफेल भइ सडकमै दुर्घटना भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा १० यात्रु घाइते भएका छन्,घाइतेमध्य जगतबहादुर चौलागाईंको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई दोलालघाट एम्बुलेन्समा र केहिलाइ बोलेरोमा धुलिखेल अस्पतालमा लगियको थियो । बसमा सवार ४० जना भन्दा बडि यात्रु भएर सडकमै गाडी पल्टिएको थियो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्री राख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा यात्रु धेरै नै भए पनि ठूलो क्षति भने नभएको प्रत्यक्षदर्शी बताउछन ।थप विवरण अाउन बाकी


प्रतिक्रिया दिनुहोस