लुक्लाबाट विदेशी पर्यटककाे रेस्क्यु गरी काठमाडाैँ आउँदै गरेकाे हेलिकप्टर बनेपामा आकस्मिक अवतरण

रामेछाप :- लुक्लाबाट विदेशी पर्यटककाे रेस्क्यु गरेर काठमाडाैँ आउँदै गरेकाे हेलिकप्टर बनेपामा आकस्मिक अवतरण गरेको छ ।लुक्लाबाट काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आएकाे सिम्रिक एयरलायन्सको ९ एन एएनबि हेलिकप्टर खराब माैसमका कारण बनेपास्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो । लुक्लाबाट ५ जना विदेशी पर्यटककाे रेस्क्यु गरेर आएको सिम्रिक एयलायन्सको साे हेलिकप्टर भिजिबिलिटी निकै कम भएको कारण बनेपामा आकस्मिक शुरक्षित अवतरण गरेको हो ।क्यापटेन वियय खड्काले केही छिन सुरक्षित स्थानमा राखिएको बताए । हाल माैसममा सुधार आएपछि हेलिकप्टर काठमाडौँ उडेको छ ।

प्रतिक्रिया दिनुहोस