काठमाडौँबाट पेस्तोलसहित सिन्धुलिका २ जना सहित ४ जना पक्राउ

रामेछाप :- सिन्धुलीका २ जना सहित ४ जनालाई प्रहरीले पेस्तोल सहित काठमाडौँबाट पक्राउ गरेको छ । आज बिहान (बुधबार) साढे ११ बजे काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी, बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेको प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस