हामी जे खाँदैनौँ त्यसैले मृत्यु निम्त्याइरहेछ

सिएनएन । संसारभरी जतिको मृत्यु हुन्छ, त्यसका लागि मुख्य कारण के होला ? धेरैले धुम्रपान भन्नुहोला, कसैले उच्च रक्तचाप पनि भन्नुहोला । तर होइन ।

संसारभर धेरैले ज्यान गुमाउने मुख्य कारण हो, कमजोर खान्की ।

‘धेरैजसो देशमा धुम्रपान र उच्च रक्तचापले होइन, कमजोर खान्कीले मानिसको ज्यान लिइरहेको छ,’ युनिभर्सिटी अफ वासिङ्टनको इन्सिटिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनका सह–प्राध्यापक आस्कान आफ्सीनले भने ।

मानिसहरुले रातो मासु र चिनीयुक्त सोडालगायतका अस्वस्थकर खाना खाइरहेका कारण मात्र मृत्युदर बढिरहेको छैन । जर्नल ल्यान्सेटमा बुधबार प्रकाशित ग्लोबल डाइट एनालाइसिसका मुख्य लेखक आफ्सीनले यस्तो हुनुको मुख्य कारण भनेको हाम्रो खानपिनमा स्वस्थ खानेकुराको कमी र नुनको उच्च मात्रा भएको उल्लेख गरेका छन् ।

‘स्वस्थ खान्कीको बारेमा बहस हुँदा परम्परागतरुपमा अस्वस्थ खानेकुरालाई आफ्नो खान्कीमा समावेश नगर्ने भन्ने कुरा उठ्छ । यो अध्ययनमा भने हामीले धेरै मात्रामा अस्वस्थ खानेकुरा खानेभन्दा थोरैमात्रामा स्वस्थकर खाने विषय महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रष्ट्याएका छौँ,’ उनले भने ।

सन् २०१७ मा संसारभरीका पाँच मृत्तकमध्ये एक (१ करोड ११ लाख व्यक्ति) जनाको मृत्युको कारण अत्यधिक सोडियम र चोकरयुक्त खानेकुरा, फलफूल, बदाम र बियाँहरुको कम सेवनले हुने गरेको पत्ता लगाएको अध्ययनमा उल्लेख छ । उनीहरुको मृत्यु ट्रान्स फ्याट, चीनीयुक्त पेय पदार्थ र रातो र प्रशोधित मासुको सेवनबाट भएको होइन ।

यो अनुसन्धानले ठूलो क्षेत्रफल ओगटेका कारण यो संसारको जुनसुकै कुनामा बस्ने जोसुकैमा पनि लागु हुने न्यूजिल्याण्डको युनिभर्सिटी अफ ओटागोका पोस्टडक्टोरल अनुसन्धानकर्ता एन्ड्र्यु रेनोल्डले बताए । रेनोल्ड उक्त अनुसन्धानमा समावेश भएका थिएनन् ।

१५ आहारसम्बन्धि जोखिम

बिल र मेलिन्दा गेट्स फाउन्डेशनको सहयोगमा गरिएको यो अनुसन्धानमा आफ्सीन र उनका साथीहरुले १५ आहारसम्बन्धि जोखिम र तिनीहरुको मृत्युसँग कस्तो सम्बन्ध छ भन्नेबारे अध्ययन गरे । अस्वस्थकर रातो र प्रशोधित मासु, चीनियुक्त पेय पदार्थ, ट्रान्स फ्याटी एसिड र नुन जसले स्वास्थ्यमा जोखिम निम्त्याउने बताइन्छ त्यसलाई स्वास्थ्यमा फाइदा पुर्याउने खान्कीको कमीले निम्त्याउने जोखिमसँग तुलना गरिएको थियो ।

ती स्वस्थ खानेकुरामा फलफूल, हरियो सागसब्जी, गेडागुडी, दुध, क्याल्सियम, बदाम र बियाँ, फाइबर, सिमी, समुन्द्री खानाबाट प्राप्त हुने ओमेगा थ्री फ्याटी एसिड, पोलिअनस्याचुरेटेड फ्याट, साल्मनलगायत समावेश गरियो ।

नुनबाहेक रातो र प्रशोधित मासु, ट्रान्स फ्याट र चिनीयुक्त पेय पदार्थ धेरैजसो देशका लागि खतराको सूचीको सबैभन्दा तल्लो स्थानमा रह्यो । नुनका कारण धेरैजसो देशका मानिसको स्वास्थ्यमा जोखिम देखिएको छ ।

वास्तवमा, सन् २०१७ मा संसारभरी मृत्यु भएकाहरुमध्ये आधाको मृत्यु हुनुमा तीन मुख्य कारक तत्व रहेः अत्यधिक नुनको सेवन, चोकरयुक्त खानेकुराको कमी र फलफूलको कमी ।

प्रतिक्रिया दिनुहोस