रामेछाप :- सार्वजनिक यातायातका साधनले एक साताका लागि रुट परमिट लिनु नपर्ने यातायात व्यवस्था विभागले दशैंका लागि आवागमन सहज बनाउन भन्दै सार्वजनिक यातायातका साधनले एक साताका लागि रुट परमिट लिनु नपर्ने व्यवस्था गरेको छ । विभागले असोज १२ देखि १९ गतेसम्मका लागि रुट परमिट विनै देशको जुनसुकै ठाउँमा पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।नियमित अवस्थामा भने रुट परमिट प्राप्त बाटोमा मात्रै सार्वजनिक सवारीका साधन सञ्चालन गर्न पाइन्छ । रुट परमिट लिन नपर्ने भएसँगै सार्वजनिक यातायातका साधन यात्रुको चापअनुसार सञ्चालन हुन पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो ।
दशैं, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम टिकट लिएका छन् । गएको आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।