काभ्रेमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

रामेछाप :- काभ्रेमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । मंगलबार बिहान जिल्लाको नमोबुद्ध नगरपालिका– ४ दाप्चा पुल नजिकै पशुपति रोडा उद्योगमा काम गर्दै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ईलेक्ट्रिसियनको रुपमा बिगत चार बर्षदेखी काम गर्दे आएका बर्ष ६८ का पुर्ण बहादुर कटुवालले वैल्डिङ मेसिनमा तार जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका उनलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस