दाेलखा बैत्यश्वर गाउँपालिकामा अागलागी हुँदा १८ लाख बराबरको क्षति

दोलखा :- दोलखाको बैत्यश्वर गाउँपालिकामा आगलागी हुँदा १८ लाख भन्दा बढिको क्षति भएको छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर ४ निवासि दिपक दाहालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट दाहालको भुकम्प प्रतिरोधात्मक एक तले घर पुर्ण रुपमा क्षति हुनुका साथै घर भित्रको अन्नपात, भाडाबर्तन, ४ तोला सुन लगाएतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती साँढे ११ बजेको समयमा भएको आगलागीमा ५ वटा कुखुरा पनि जलेका छन् ।

प्रहरीका अनुसार आगो प्रहरी र स्थानीयको सहयोगमा साँढे १ बजेको समयमा नियन्त्रणमा लिईएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले आगलागीबाट १८ लाख ४० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको अनुमान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस