कांग्रेसको सभामा विद्यार्थीमाथि यातना, उर्दी जारी गरेरै लगियो जुलुसमा

काठमाडौं :- विद्यालय शान्ति क्षेत्र हो । यहा कुनै पनि पार्टीमा समर्थित भएर जुलुस नाराबाजी गर्न पाइदैन । अर्थात विद्यालय शान्ति क्षेत्र हो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारविरोध सभामा विद्यार्थीको प्रयोग गरेको छ ।

चितवनमा रहेको प्रेरणा विद्यालयका विद्यार्थीलाई पार्टीको झण्डा बोकाएर सडकमा निकालिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । चितवनमा भएको सभालाई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा यी विद्यार्थीलाई कांग्रेसले पार्टीको झण्डा बोकाएर प्रयोग गरेको हो । जागरण अभियान अन्तर्गत मंगलबार नारायणगढ पुलचोकमा विरोधसभा भएको थियो । पुलचोकमा सभा हुनुभन्दा पहिले भरतपुर चौबिसकोठीबाट कांग्रेसको विरोध र्‍याली निस्केको थियो। कांग्रेसको हिमाल, पहाड, तराइ, मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण पनि मंगलबारबाट सकिएको छ।

प्रतिक्रिया दिनुहोस