ह्याकरले फेरि लुटे कृषि विकास बैंकको २ करोड

काठमाडौं – नेपाल प्रहरीले फेरि तीन जना ह्याकरलाई काठमाडौंबाट पक्राउ गरेको छ। कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन। तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे। उनले भने ‘हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौं अनुसन्धान भइरहेको छ।’ प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस