सिन्धुलीमा पिकअप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुली :- सिन्धुलीमा पिकअप र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सिन्धुली कमलामाई न.पा. वडा न. २ पिपल भन्ज्याङ स्थित बि.पि. राजमार्गमा मंगलवार बेलुकी ५ बजे काठमाडाँैबाट सिन्धुली तर्फ आउदै गरेको बा.१७.च.८३४६ न.को.पिकअप र बिपरित दिसाबाट जांदै गरेको ज.१०.प.७३५७ न.का मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल पछाडि सवार जिल्ला महोत्तरी बर्दिबास न.पा.२ बस्ने २० को सुनिल घतानिको सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ तर्फ पठाउदा गोलन्जोर गा.पा ७ स्थित खुर्कोट मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलील् जनाएको छ ।मोटरसाइकल चालक जिल्ला महोत्तरी बर्दिबास न.पा.२ बस्ने बर्ष २१ को सुसिल बि.क.दाईने हात र खुट्टामा चोट लागेको अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस