रामेछापमा नेपाली काङ्ग्रेसको जागरणअभियान ८अोटै स्थानीय तहमा सम्पन्न

रामेछाप :-नेपाली काँग्रेस रामेछापले जिल्लाका ६ वटा गाउँ पालिकाहरुमा र २ वटै नगरपालिकामा राष्ट्यि जागरण अभियान अन्तरगतको जागरण कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । कार्यक्रममा नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले अभियान अन्तर्गत भएका कार्यक्रमको बारेमा जानकारी दिएका थिए । उनले सबै पालिकामा कार्यकर्ताहरुसँग खुल्ला छलफल भएको जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता देवी न्यौपानेले जागरण अभियानले रामेछापमा नयाँ तरंग ल्याएको बताए । उनले काँग्रेस कार्यकर्ताले रामेछाप काँग्रेस एक भएको देख्न चाहेको बताए । उनले नेताहरुलाई एक गराउने काम जागरण अभियानले एकाउन्न प्रतिशत पुर्याएको बताउँदै बाँकी क्रमश हुँदै जाने बताए । कार्यक्रममा जिल्ला सभापति लवश्री न्यौपानेले अभियानले नेता कार्यकर्तामा उत्साह थपेको बताए । पत्रकारहरुको जिज्ञाशाको पार्टी सचिव लेखबहादुर कार्की लगायतले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस