असईले‘डिएसपी बनेर सुन लुटेपछी……

काठमाडौं । प्रहरीले काठमाडौंमा सुन लुटेको छ । सुन लुटेको खुलेपछी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी सहायक निरिक्षक (असई) प्रितम लामा फरार भएका छन् । काठमाडौंको जोरपाटीमा शुक्रवार साँझ प्रितम सहितका ६ जनाको समूहले ६ सय ग्राम सुन लुटपाट गरेको छ । फरार प्रितम महानगरीय प्रहरी परिसर काठमाडौंमा लामो समयदेखी घुमुवाको रुपमा कार्यरत थिए । ‘असई प्रितम लामा पनि सुन लुटपाटमा संलग्न भएको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने–‘अनुसन्धान भइरहेको छ । काठमाडौं परिसरबाट सात दिनको विदा लिएर हिँडेका प्रितमको समूहले शुक्रवार साँझ जोरपाटीमा सुन किन्ने ‘डिल’ गरेर ६ सय ग्राम सुन लुटेका हुन । जोरपाटी बस्दै आएका एक ब्यक्ति सुन लिएर आएपछि ‘म काठमाडौं प्रहरीबाट खटिएको डिएसपी हूँ’ भन्दै प्रितमले सुन खोसेका थिए । हल्ला गरेमा फसाइदिने धम्की प्रितमको समूहले दिएको थियो । सुन लुटेर प्रितमको समूह फरार भएपछी आइतबार पीडीतले चिनजानका प्रहरी अधिकृतलाई घटनाबारे जानकारी गराएका थिए । काठमाडौं प्रहरीले यसबारे छानविन थालेको छ । यो घटनामा प्रहरीले लिखु–तामाकोशी गाउँपालिका घर भएका राकेश तामाङलाई सोमबार पक्राउ गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस