काठमाण्डौ – पशु सेवा विभागले दशैँलाई लक्षित गरी ‘वधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखी सार्वजनिक गरेको पोस्टरमा गाईको फोटो पर्न गएकोमा माफी मागेको छ ।
मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्बिर राखिएपछि त्यो पोस्टरको आलोचना भएको थियो ।
आलोचनापछि विभागले गाईको फोटो भुलवश पर्न गएको भन्दै माफी मागेको छ । गाईको फोटो परेकोमा माफी मागे पनि पोस्टरमा भएका अन्य गल्तीमा भने विभागको अझै ध्यान पुगेको छैन ।
स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको माउ बाख्रासहितको तस्बिर पनि राखिएको छ ।