‘धुपौरे’ मा अनमोल अनुबन्ध

काठमाडौं– अहिलेका चल्तीका अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेन भुटियाको नयाँ फिल्ममा काम गर्ने उनले सम्झौता गरेका हुन् । फिल्मको नाम ‘धुपौरे’ राखिएको छ । फिल्म डार्क एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रको छायांकन तिहार पछि सुरु हुने भएको छ ।

गत वर्ष फिल्म ‘अनागत’ को एक कार्यक्रममा निर्देशक भुटियाले आफूले नयाँ फिल्म अनमोललाई अफर गरेको खुलासा गरेका थिए । सबै कुरा मिल्यो भने टिमअप हुनसक्ने उनको भनाई थियो । अन्ततः ‘धुपौरे’ मा दुईबीच टिमअप भएको छ । फिल्ममा अहिलेसम्म अनमोल बाहेक अरु कलाकारको टुंगो लागेको छैन । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

यो फिल्ममा अनमोलले ५० लाखको आसपासमा पारिश्रमिक बुझेको स्रोत बताउँछ । तर, यसबारेमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस