‘छक्कापन्जा २’ युट्युबमा रिलिज

काठमाडौं– ब्लकबस्टर फिल्म ‘छक्कापन्जा’को दोश्रो संस्करण ‘छक्कापन्जा २’ युट्युबमा सार्वजनिक गरिएको छ । रिलिज भएको करिब दुई वर्ष पुग्दा फिल्मको डिजिटल अधिकार लिएको कम्पनी हाइलाइट्स नेपालले फिल्म युट्युबमा सार्वजनिक गरेको हो ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा युवायुवतीको अष्ट्रेलिया जाने मोहको कथा व्यंग्यात्मक ढंगमा समेटीएको छ । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहाडी, स्वस्तिमा खड्का, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मको पटकथा अभिनेता गिरी स्वंयले तयार पारेका थिए । यो फिल्मले हलमा राम्रो व्यापार गरेको थियो । निर्माण युनिटको दाबी अनुसार करिब १५ करोड व्यापार गरेको थियो।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस