नेपाली काँग्रेस सिन्धुलीले आज सिन्धुलीमाढी सदरमुकाममा विरोध प्रर्दशन गर्ने भएको छ । वर्तमान कम्युनिस्ट सरकारले केन्द्र,प्रदेश र स्थानिय निकायमा गरेका सवैखाले कुकृति, भ्रष्टाचार, विकृतिजन्य गतिविधिहरु बारे शसक्त ढंगले प्रतिकार गर्न विरोध प्रर्दशन कार्यक्रम आयोजना गरिएको सिन्धुली काँग्रेसले जनाएको छ । सरकारले सिर्जना गरेको राज्यआतंक,चर्को मुल्य बृद्धि,भष्टाचार,महिला हिंसा,कर वृद्धि र कुशासनको विरुद्ध वृहत विरोध र्याली तथा सभाको आयोजना गरिएको नेपाली काँग्रेस सिन्धुलीका पार्टी सचिव कृष्ण प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार आज विहान ११ः३० देखि कमलामाई नगरपालिका ६ स्थित धुराकिनारमा रहेको काँग्रेस पार्टी कार्यालयबाट विरोध र्याली प्रर्दशन सुरु हुने छ । सिन्धुलीमाढी बजार परिक्रम गरि लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएर जिल्लाव्यापी रुपमा संयुक्त सभा कार्यक्रम सँगै दोस्रो जागरण अभियान कार्यक्रम समापन गरिने पार्टी सचिव दाहालले बताए ।