कालीमाटीबाट भागेको राँगाले न्युरोडमा आएर आतंक मच्चायो -राँगालाई प्रहरीले गोली हानेर ढाल्यो

काठमाडौ :- काठमाडौ गाडीमा लोड गर्दागर्दै भागेको राँगोलाई खिचापोखरीमा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब ३ बजे मासु प्रयोजनका लागि कालिमाटीमा गाडीमा राख्ने क्रममा राँगो भागेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रहरीले एक राउन्ड गोली हानी फुत्केको करिब आधा घण्टाको अन्तरालमा राँगो नियन्त्रणमा लिएको हो। उक्त राँगोले खिचापोखरी पुगेर ४ जना मानिस घाइते बनाएका एसएसपी सुवेदीले बताउनु भयो । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ। यस्तै किसिमका सम्भावित घटनाप्रति चनाखो रहन पनि मातहतको प्रहरीलाई निर्देशनसमेत दिइएको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस