सल्यानको लागि शिक्षक लाइसेन्स परिक्षा केन्द्र सार्वजनिक

शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्सकोलागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको अध्यापन अनुमति पत्रकालागि परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आयोगले सल्यानमा प्राथामिक तहको लागी ८ वटा केन्द्र तोकेको छ । प्राथामिक तहमा सल्यान बहुमुखी क्याम्पस, त्रिभुवन मावि, महेन्द्र मावि शिवजनमावि र शिवजन क्यम्पसमा परिक्षा केन्द्र तोकेको हो । हेरौँ कहाँकहाँ पर्यो परिक्षा केन्द्र ।त्यसैगरि, निमावि र मावि तहको परीक्षा केन्द्र भने मंगलबारसम्म सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ । प्राथमिक तहको परिक्षा आगामी असोज ९, माविको १० र निमाविको ११ गते हुनेछ । परिक्षा बिहान ८ बजेदेखि सुरु हुने आयोगले यसअघिनै सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ । निमावि र मावि तहको परीक्षा केन्द्र भने मंगलबारसम्म सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस