दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिवमा अधिकारी नियुक्त

दाङ- नेपालको दोश्रो पुरानो विश्वविद्यालय र काठमाडौँ उपत्यका बाहिर स्थापित पहिलो विश्वविद्यालयको कुलसचिवमा माधव अधिकारी नियुक्त भएका छन् । विगतमा महेन्द्र संस्कृत विश्वविद्यालय भनेर चिनिने नेपाल संस्कृत विश्वविद्यालयले कुलसचिव पदको जिम्मेवारी अधिकारीलाई दिइएको हो । दाङको बेलझुण्डीमा रहेको विश्वविद्यालयमा यस अघि कुलसचिबमा कार्तिकेय झा थिए । उनको कार्यकाल सकिएपछि उपकुलपतिले अधिकारीलाई नियुक्ति गरेका हुन् । झाको भदौ २८ गते कार्यकाल सकिएको हो । अर्को ब्यबस्था नभएसम्मकालागि अधिकारीले कुलसचिबको जिम्मेवारी सम्हाल्ने छन् । अधिकारी यस अघि जनता विद्यापीठका प्राचार्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस