olux

रामेछाप मन्थलीमा खुल्यो लाईफ इन्स्योरेन्स कर्पोरेसनको कार्यलय

रामेछाप -कर्पोरेसन लिमिटेडको कार्यालय सन्चालनमा आएको छ । नेपालको एक मात्र अन्तरास्ट्रिय गुणस्तर चिन्ह प्राप्त नेपालकै सर्वा्धिक बोनस दर रहेको जीवन बीमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले ५९ औँ शाखाको रुपमा रामेछापको मन्थलीमा कार्यलय सन्चालनमा ल्याएको हो ।आईतबार एक कार्यक्रमको आयोजना गरी लाईफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको कार्यालय मन्थली उद्धघाटन गरीएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत टि. वर्नवालबाट संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर औपचारिक रुपमा एक कार्यलयको उद्धघाटन गरिएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले एल आई सी नेपाल सङ झुपडी देखि महलसम्म बस्ने नेपाली जनतालाई लक्षित जीवन बीमा योजना रहेको र ग्राहकलाई विषेश सुबिधा दिने थप आकर्षक जीवन बीमा योजनाहरु अत्यन्तै छिटो घोषणा गर्ने बताउदै निकट भविष्यबाट एल आई सी नेपाल लिमिटेडको १०० भन्दा बढि शाखा कार्यालय पूर्ण रुपमा सन्चालनमा आईसक्ने बताउनुभयो । उदघाटन समारोहमा स्वागत मन्तव्य क्यक्त गर्दे कम्पनीका वरिष्ठ एजेन्सी मेनेजर शिव हरि खड्काले एल आई सी नेपाल एक मात्र अन्तर्रा्ष्ट्रिय गुणस्तर चिन्ह प्राप्त कम्पनी रहेको र अहिलेको वर्तमान अवस्थामा सर्बा्धिक बोनस भएको यस कम्पनीले रामेछापमा प्रत्येक घरमा बीमाको महत्व दर्शाउने र प्रत्येक घरका सदस्यहरुको जीवन बीमा हुनुपर्नेमा उत्प्रेरणा दिने प्रकारको बीमा जागरण अभियान सन्चालन गर्ने कार्यमा भूमिका खेल्ने बताउनुभयो ।एलआईसी नेपाल मन्थली रामेछापका प्रमुख प्रसिद्ध भक्त श्रेष्ठले कम्पनीसँग सम्बन्धित सम्पूर्ण कार्य आफ्नो शाखाबाट अत्यन्तै सहज ढंगले छिटो छरितो हिसाबले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नेपालको एक मात्र अन्तरास्ट्रिय गुणस्तर चिन्ह प्राप्त विश्वका २२ देशमा फैलिएको एलआईसी विमा कम्पनी नेपालमा औपचारिक रुपमा सन २००० मा स्थापना भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६ र ०७७ मा रामेछाप शाखाबाट ५ करोड बराबरको प्रथम बीमा शुल्क संकलन गर्ने र रामेछापका २००० ब्यक्तिहरुको जीवन बीमा गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस