रामेछाप : निशुल्क घुम्ति स्वास्थ्य शिविरबाट रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ४५ जनाले सेवा लिएका छन् । रामेछापको रामेछाप नगरपालिकाले गएको वर्षदेखि वालवालिका, गर्भवती महिला, वृद्धवृद्धालाई लक्षित गरेर नगरको ९ वटै वडामा निशुल्क घुम्ति शिविर सञ्चालन गर्दै आएको छ । सोही शिविर आज सुकाजोरको चाँदेभन्ज्याङमा सम्पन्न भएको छ । शिविरबाट २३ जनाले ल्याव सेवा लिएको रामेछाप नगरपालिका स्वास्थ्य संयोजक रामशरण पौडेलले जानकारी दिनुभएको छ । शिविरमा जनरल उपचार सेवा,सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको थियो ।