रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूलाई , उपविजेता बन्यो लिखु भुजी

रामेछाप : प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाइब्रेकरमा हराउँदै अनेरास्ववियूले उपाधि जितेको हो । काठमाण्डौको शान्तिनगर फुटसलमा भएको फाइनलको निर्धा्रित समयसम्म गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको हो । प्रतियोगितामा महाकाली युवा क्लबलाई २–० ले हराउँदै डाइनामिक युथ क्लब तेश्रो भयो । उपाधिसँगै अनेरास्ववियूले २५ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस