रामेछाप बजारमा प्रशासनले अनुगमन म्याद नाघेका र इजाजतविना विक्रि गरिरहेको सामान जफत

रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछाप नेतृत्वको संयुक्त अनुगमन टोलीले रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा संचालित किराना पसल , हार्डवयर पसल , मासु पस , होटल र तरकारी तथा फलफूल पसल पसलहरुको अनुगमन गरी सुर्तीजन्य र म्याद सकिएको बस्तुहरुको जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप नगर उद्योग बाणिज्य संघ र पत्रकार सहितको संयुक्त अनुगमन टोेलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य समान ,म्याद गुज्रिएका अखाद्य बस्तु , जफत गरेको हो । रामेछाप बजारका विभिन्न पसलहरुमा गरिएको अनुगनका क्रममा इजाजतविना विक्रि गरिरहेको तास ,सुर्ति , खैनी लगायत म्याद गुज्रिएका अखाद्य वस्तुरु चाउचाउ विस्कुट , चकलेट चुईगम , साबुन , मासु जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिनुभयो । प्रशासनले चाड पर्व लक्षित गरी जिल्लामा बजार अनुगमनमा कडाई गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस