काठमाडौं :- चितवन जिल्ला अदातलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका वादी प्रतिवादी साक्षीहरुसँग बकपत्र लिन थालेको छ।
बकपत्र सकिएपछि मुद्दाको पेसी चढ्नेछ । अदालतमा आइतबार पुडासैनीको मोवाइलबाट बरामद गरिएको भिडियोको ल्याब परीक्षण गराउने विज्ञ, पुडासैनीकी श्रीमती सम्झना र जाहेरवाला चितवन प्रहरीका डिएसपी दीपेन्द्र शाहसँग बकपत्र गरिएको अदालतका सूचना अधिकारी रुद्रमणि गिरीले जानकारी दिए।
वादीतर्फ १५ जना साक्षी छन् भने प्रतिवादी तर्फ सातजना साक्षी छन्।