बारा ११ द्धारा चपुर पराजीत

काठमाडौं  :प्रथम रामबन टाँडी गोल्ड कप २०७६” को चौथो खेलमा बारा ११ ले जीत निकालेको छ । बुधवार भएको खेलमा बारा ११ ले चिडिया दह चपुर स्टार क्लबलाई २–० ले पराजीत गर्दै आफ्नो जीत निकालेको हो ।

जीतका लागि बारा ११ का विवेक थारु र उदित नारायण चौधरीले गोल गरेका थिए । खेलको २० औँ मिनेटमा डि बक्स भित्र पाएको पेनाल्टिलाई सादुपयोग गर्दै विवेकले खेलको पहिलो गोल गर्न सफल भएका थिए । यसैगरी खेलको ४९ औँ मिनेटमा डिबक्स भन्दा बाहिर पाएको फ्रिकिकमा लक्षमण चौधरीको प्रहारलाई सदुपयोग गर्दै उदितनारायणले अर्काे गोल गर्न सफल भएका थिए ।

खेलमा दुबै टिलले राम्रो प्रदर्शन गरेपनि स्कोर निकाल्न नसक्दा चिडिया दह चपुर स्टार क्लबले पराजय हुनुपरेको हो । चपुरले पटक पटक गरेको प्रहार विफल भएको थियो । खेलको पहिलो माफसम्म दुबै टिमले खेलमा आफ्नो पकट राम्रो बनाउन सकेपनि दोस्रो हाफपछि बाराले खेललाई आफ्नो पकडमा राखेको थियो ।

प्रतियोगीतामा सोमवार विरगंज युवा स्पोर्टस र युनिटी क्लब विरगंज बिच हुने आयोजकले जनाएको छ । आईतवार भएको खेलमा म्यान आफ दि म्याच बारा ११ का लक्षमण चौधरी भएका छन् । स्रोत एपी खबर

प्रतिक्रिया दिनुहोस