केकि अधिकारी चढेको गाडी दुर्घट्ना

काठमाडौबाट सामाजिक गितको लागि छायांकन गर्न आएको गाडी आइतबार दुर्घटना ग्रस्त भएको छ । छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान २ बजे रौतहटको कटहरिया १ स्थित बाटो बाट करिब ६ फिट तल खसेको हो । गाडिमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नाईका केकि अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाकार आलोक सुक्ला, कलाकार बिजय यादव निर्बिज,चालक सुजन पोखरेल लगायत मध्ये केहिलाई समान्य चोटपटक लागेको छ । दुर्घटनामा परेको गाडी मा ठुलो क्षति भएपनी छायांकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेका छन् । कटहरिया स्थित सामान्य उपचार पछि कलाकारहरु रेस्टमा रहेका छन । केकीले दुर्घट्नाको बारेमा फेसबुकमा लेखेकि छिन्, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस