कुनै एउटा गाउँमा तीन जना दाजुभाइहरु बस्दथे , उनीहरु एक आपसमा धेरै माया गर्दथे । खेत अलग-अलग थियो तर नजिकै, आमने- सामने । ठुलो दाइ विवाहित थिए, सानो भाई र माईलो चाहिं अविवाहित, एक्लो । एकवर्ष धानको खेती यति धेरै राम्रो भयो कि सोचे भन्दा धेरै नै बढी धान फल्यो । काम गर्दा गर्दै दाइ चाहिं ले छेउकै खेतमा काम गरिरहेको भाइलाई खेत हेरिदिन भनेर खाना खानको लागि गए । उ जाने बित्तिकै भाइ चाँहीले सोच्न भाईलो खेती धेरै नै राम्रो भएको छ यो वर्ष , धान पनि धेरै फलेको छ । म एक्लो छु , म एक्लैले कति नै खान सक्छु र ५/७ मुरी धान भए एक बर्षलाई पुगी हाल्छ , ठुलदाइ को त घर-गृहस्ति छ, भाउजू र बाल बच्चाहरु पनि छन् मेरो लागि भन्दा पनि यो अन्न दाजुलाई नै धेरै आवश्यक छ । यस्तो विचार गरेर भाईले १० बोरा धान ठुलदाइको रासमा हालिदिन्छ ,यत्तिकैमा दाइ खाना खाएर फर्किन्छ । ऊ आउने बित्तिकै भाइ पनि खान खानको लागि जान्छ, भाई जाने बित्तिकै दाईले विचार गर्छ’मेरो घरपरिवार त जेनतेन चलिनैरहेको छ, मलाइ साथ दिने बुडी र बालबच्चाहरु पनि छन् । भाई एक्लो छ , उसको त अझै बिहेवारी-घरजम बसाल्नै बाँकी छ , जागिर नभएको विचरा उसको आम्दानी भनेको यहि धान बेचेर आउने दुई चार पैसो न हो, मलाई भन्दा त यो अन्न को आबस्यकता उसलाई नै बढी छ । यति विचार गरेर दाईले १० बोरा धान भाइको धानको रासमा लगेर हालिदिन्छ तीननै भाइहरुको मनमा हर्ष थियो अन्न जति को त्यति नै थियो तर माया , हर्ष र स्नेह चाँही बढिरहेको थियो । सोच राम्रो राख्नुभयो भने प्रेम आफै बढ्छ यदि यस्तो प्रेम दाजुभाइमा भयो भने दुनियाको कुनैपनी ताकतले तपाईको परीवारलाई फुटाउन सक्दैन ।