नेपाल टेलिकमले अरुको नाममा भएको सिमकार्ड एप्समार्फत नै आफ्नो नाममा ल्याउन सकिने व्यवस्था गरेको छ । आगामी बुधबारदेखि टेलिकमको एप्समार्फत अन्य व्यक्तिको नाममा भएको पमिकार्ड आफ्नो नाममा गर्न सकनिे कम्पनीले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमले ‘नागरिक एप्स’ सञ्चालनमा ल्याउन लागेको हो । अब नेपाल टेलिकमको एप्सबाट कुनै कागजात बिना नै अन्य व्यक्तिको नाममा भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्न सकिने भएको हो । नागरिक एप्स मार्फत लोकसेवा आयोगको फारम, प्यान दर्ताको फारम, राहदानी फारम लगायतका सरकारी सेवाको पनि उपभोग गर्न सकिने छ ।