रामेछाप : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा एक लाख पचाँस हजार धनराशीको प्रथम शान्तिदिप कप फुटबल प्रतियोगिता २०७६ हँुदै छ । शान्तिदिप युवा क्लब मन्थली रामेछापको आयोजनामा असोज ११ गते शनिबारदेखी असोज १४ गते मंगलबार सम्म मन्थली माध्यामिक विद्यालयमा प्रतियोगिता हुने शान्तिदिप युवा क्लबका सदस्य सुरेश उदाशले जानकारी दिए ।
नेपालीहरुको महान चाड वडादशै २०७६ को उपलक्ष्यामा हुने प्रतियोगितामा पहिलो हुने टिमले रु १ लाख ५० हजार , दोस्रो हुने टिमले रु १ लाख , तेस्रो हुने टिमले रु ५० हजार र शान्त्वना हुने टिमले रु २५ हजार रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउँने क्लबका सदस्य उदाशको भनाई छ । उनले प्रतियोगिताका उदयमान खेलाडीलाई रु ५ हजार , उत्कृष्ठ खेलाडीलाई नगद रु ५ हजार ,उत्कृष्ठ गोल रक्षकलाई नगद रु ५ हजार , उत्कृष्ठ डिफेन्डरलाई नगद रु ५ हजार र सर्वाधिक गोलकर्तालाई नगद रु ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताए । १६ वटा टिमले प्रतिस्पर्धा गर्ने गर्ने प्रतियोगिताको मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको आयोजकले जनाएको छ ।