रामेछाप : यस वर्षको बडा दशैंका लागि आइतबारदेखि अग्रिम बसको टिकट बुकिङ खुला भएको छ । आइतबार बिहानैदेखि नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशालालगायतका स्थानमा रहेका बस टिकट काउन्टरमा सर्वसाधारणहरुको टिकट लिन भीड लागेको छ । यस बेला गलत नियत भएका मानिसहरु ठग्न पनि सक्रिय हुने भएकाले जथाभावी टिकट काट्न हुँदैन । आधिकारिक व्यक्ति वा टिकट काउन्टरबाट मार्फत अग्रिम टिकट बुकिङ गर्नु पर्छ । टिकट लिन वा अन्य समस्या समाधानका लागि काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष राखिएको छ । शैंका लागि भनेर भाडादरमा बृद्धि गरिएको छैन । सरकारले निर्धारण गरेको भाडादरमै यात्रुलाई गन्तव्यमा पुर्याउने नेपाल यातायात राष्ट्रिय महासंघले बताएको छ ।