आज फेरी सुन चादिको भाउ ह्वात्तै बढ्यो

रामेछाप : असोज ५ आइतबार पनि सुनको मूल्य उकालो लागेको छ । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनमा भाउ आज पनि ३ सय रुपैयाँ बढेको छ । आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यसअघि छापावाल सुन ७१ हजार तथा तेजावी सुन ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो। आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ। यसअघि चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस