उदयपुरको कटारी नगरपालिकाको वडा नं १० मा ५ दिन अघि लगेको ताला खुल्यो

उदयपुर : उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर १० मा ५ दिन अघि लगेको ताला खुलाईएको छ । वडा अध्यक्षले मनोमनी ढङगले काम गरेको भन्दै स्थानियले लगाएको ताला विहीबार खुलाईएको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रहरी नायब उपरिक्षक प्रेम सागर केसी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल लगायतका टोलीले स्थानियसगँको लामो छलफल पछि ताला खुलाइएको हउपस्वास्थ्य चौकीले कार्यालय सहयोगीमा पदपुर्ति गर्ने बिषयमा विवाद हुँदा तालबन्दि सम्मको अवस्था सृजना भएको थियो । २०७५ सालको माघ ११ गतेको विज्ञापन अनुसार ६३ जनाले आबेदन दिएका थिए । साउन १५ गते देखी परीक्षानै सञ्चालन नगरि वडा अध्यक्ष आफैले कर्मचारी नियुक्त गरेपछि बिबाद सृजना भएको थियो । विहीबार भएको छलफलले असोज १० गते पुनःपरीक्षा सञ्चालन गरि उक्त पद पुर्ति गर्ने निर्णय गरिएको हाम्रा प्रतिनिधि धर्मप्रसाद खनालले जानकारी दिनुभयो । प्रतिनिधि खनालका अनुसार वडा कार्यलयका लागी दशै पछि बिज्ञापन खुलाउने सहमती छ । वडा अध्यक्ष लिलानाथ भटराईले पनि कमी कमजोरी भएको स्विकार्दै अगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस