दोलखा बिगु गाउँपालिकामा ब्याकलोडरले ठक्कर दिदाँ एक बालकको मृत्यु

दोलखा : दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं–८, झोरुम सोरुम सांवा सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा लोडरले ठक्कर दिँदा एक बालकको मृत्यू भएको छ । शनिबार अपरान्ह ४ः ३० बजे अवरुद्ध सडक पन्छाउने क्रममा बा ३ क १२०६ नं.को TATA Hitaichi ब्याक लोडरले ठक्कर दिँदा विगु गाउँपालिका वडा नं–५, चिलंखा घर भई झोरुम सोरुममा होटल गरि बस्ने रमेश खड्काको छोरा वर्ष ४ का रोजन खड्काको घट्नास्थलमानै मृत्यू भएको हो । घट्ना पछि ठक्कर दिने ब्याकलोडरलाई इलाका प्रहरी कार्यालय सिंगटीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शब पोष्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र चरीकोटमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस