रामेछाप :रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसकाे देशव्यापी जागरण अभियान कार्यक्रमको रूपमा हिमाल,पहाड,तराई–मधेश राष्ट्रिय जागरण अभियानकाे दाेस्राे चरणकाे अभियान सञ्चालन भइरहेकाे छ । रामेछापमा पनि जागरण अभियान अन्तर्गत कांग्रेसले विभिन्न गाउँपालिका तथा नगरपालिकामा पुगि विभिन्न कार्यक्रम गरिरहेकाे छ । अभियानमा नेपाली काग्रेँसको दोस्रो चरणको जागरण अभियान अन्तरगत गोकुलगंगा गाउपालीकाको रस्नालु रामेछापमा भएको कार्यक्रममा नेपाली जनतालाई झुक्याउने र झुटो आश्वसन दिने भन्दा नेकपाले अरु केही गर्न नजानेको भन्दै आफुहरु नेपाली काग्रेसमा प्रबेश गरेको बताएका छन ।
नेकपा र राप्रपा परित्याग गरी १५० जना भन्दा बढि नेकपा र राप्रपाका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन । नेकपाले बहुमतको सरकार हुदा समेत आफु जिम्मेवार बन्नु नसक्ने र अरुको बिरोध गर्नु भन्दा केहि नजानेको भन्दै आफुहरु नेकपामा बस्नुको औचित्य नभएको उनिहरुले बताए । नेकपाका शेखर सुनुवार र राप्रपाका कुमार खड्काको नेतृत्वमा ८० जना भन्दा बढि नेपाली काग्रेसमा प्रबेश गरेको नेपाल तरुनदलका जिल्ला अध्यक्ष काजि बहादुर खड्का दिनेशले बताउनु भयो । त्यसतै गरी अभियान अन्तरगत दोरम्बा गाउपालीकाको टोकरपुरमा शुक्रबार भएको कार्यक्रममा पनि ५० जना भन्दा बढी नेकपाका कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेको नेपाल बिद्यार्थी संघका निबर्तवान केन्दिय सदस्य रत्नहरी ढुङगेलले जानकारी दिनु भयो ।