रामेछाप गोकुलगंगा गाउँपालिकालाई सुशासनमैत्री गाउँपालिका बनाउने पालिका अध्यक्ष सुनुवारको भनाई

रामेछाप :रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सो गाउँपालिकालाई सुशासनमैत्री सक्षम गाउँपालिका बनाउने बताएका छन् । गाउँपालिकामा आयोजना गरिएको सुशानका औजारहरुको अभिमूखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले गाउँपालिकाले पालिकाको र्पास्वचित्र तथा आवधिक योजना निर्माण गरि विकासको मार्गदर्शन तयार गरेको बताए । उनले पालिकाले १८ वटा भन्दा बढी कानुन बनाई सकेको बताउँदै अझै धेरै कानुनहरु बनाउन बाँकि रहेको बताए । सार्वजनिक सुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण लगायतका सुशानका औजाहरुको प्रयोगका लागि पालिकाले विधि नै बनाउने पनि उनले बताए । प्रमुख सुनुवारले पालिकाका ६ वटै वडा कार्यालयका भवनहरु निर्माणको काम सुरु भएको, एक घर एक धारा कार्यक्रम सुरु गरेको, अस्पालत निर्माणको काम अघि बढेको तथा कृषिका १८ वटा पकेट क्षेत्र घोषणा गरि बजेट विनियोजन गरि कृषि क्षेत्रको प्रवर्धनको लागि काम गरि रहेको बताए । यसै गरि यस वर्षबाट गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई जोडेर आलु जोनको कार्यक्रम सुरु भएको उनले बताए । कार्यालयमा दरवन्दि अनुसारका कर्मचारी नहुँदा भने काममा समस्या भएको उनले बताए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले गाउँपालिका नागरिकका भावन सम्बोधन गर्ने गरि अघि बढी रहेको बताइन् । नेकपाका नेता आनान्द श्रेष्ठले नागरिकले प्रत्यक्ष लाभप्राप्त गर्ने गरि काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता काजीबहादुर कार्की, जिल्ला युवा परिषद रामेछापका अध्यक्ष प्रकाश कार्की, गैसस महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ, उपाध्यक्ष रत्नप्रसाद कँडेल लगायतले बोलेका थिए । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाले गैरसरकारी संस्था महासंघ रामेछापसँगको समन्वयमा आयोजना गरेको सो कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजक अगुवा तथा नागरिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस