राजनीतिक पृष्ठभूमिकी भट्टराईलाई सत्तारुढ नेकपाले सक्रिय राजनीतिमा ल्याउने भएको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकी बहिनी विद्यासँग रवीन्द्रको तत्कालिन माले नकिट अखिलको अध्यक्ष हुँदा विवाह भएको थियो । त्यतिबेला विद्या अखिलकी सचिव थिइन् ।
विवाहपछि विद्याले दुईमध्ये एक जना राजनीतिमा सक्रिय हुने भन्दै श्रीमानलाई राजनीतिमा लाग्न प्रेरित गरेका छन् । रवीन्द्रको सफलतामा विद्याको त्याग र सहयोगको महत्वपूर्ण हात थियो । विद्याका समकक्षी र कतिपय जुनियर विद्यार्थी नेतृहरु समेत सांसद र मन्त्री भइसकेका छन् ।
उनी भने सक्रिय राजनीतिबाट ओझेल परेपछि अध्ययन र प्राज्ञिक कार्यमा सक्रिय भइन् । हाल प्राध्यापनमा सक्रिय भट्टराईलाई नेकपाले रवीन्द्रले गत संसदीय निर्वाचनमा जितेको कास्की–२ बाट उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ ।
‘उहाँ पार्टीकी नेतृ पनि हुनुहुन्छ’, नेकपाका एक नेताले नेपालयन खबरसँग भने, ‘उपनिर्वाचनमा उम्मेदवार बनाउने कि भनेर नेताहरुका बीचमा अनौपचारिक कुराकानी सुरु भएको छ ।’ पार्टीका धेरै कार्यकर्ता पनि रवीन्द्रले थालेका अधुरो काम पूरा गर्न पनि विद्यालाई सक्रिय राजनीतिमा आउने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।