बेलायत :- गैरआवासीय नेपाली संघ (युके)को अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । विवादका कारण स्थगित भएको मतगणना बिहीबारबाट भएको थियो । मतगणनामा पुनमले दुई सय मतान्तरले विजय हासिल गरेका छन् ।
मतगणनाको सुरुदेखि नै अर्का प्रत्यासी शेरबहादुर सुनारले अग्रता लिएको थियो । आज बिहान भएको मतगणनामा भने पुनमले अग्रता लिँदै विजयी भएका हुन् । पुनमले ४५५१ मत ल्याए भने शेरले ४३४८ मत प्राप्त गरे ।
सुनारले मतगणनाको सुरुदेखि नै अग्रता कायम राखेका थिए । कतिपय बुथमा त पुनमको दुई मत मात्र पनि आएको थियो । १२ वटा बुथ गन्दा शेर सुनार १७० मतले अघि थिए । १३औं बुथको रुपमा पुनमको होमटाउन बेजिङस्टोकले उनलाई साथ दिएको थियो ।
बेजिङस्टोकको मत गणना भएपछि उनले दुई सय मतान्तरले विजय हासिल गरेको निर्वाचन समिति स्रोतले बताएको छ । निर्वाचन समितिले औपचारिक घोषणा भने भोलि दिउँसो ३ बजेपछि आयोजना गर्ने घोषणासभामा जानकारी गराउने जनाएको छ ।
त्यसैगरी, महासचिवमा पनि पुनमकै प्यानलमा रहेका फणिन्द्र भट्टराईले विजय हासिल गरेको छ । त्यस्तै अन्य पदमा पनि पुनमकै प्यानलका अधिकांशले जितेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी भए । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी भए । स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्कीले जिते ।
महासचिवमा फडिन्द्रले ३९७५ मत ल्याएर विजयी भए । सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी भए । महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी भए ।
त्यसैगरी, युवा संयोजकमा नविन गुरुङ४३६८ र महिला संयोजकमा प्रसुना कँडेल ३३८५ मतसहित विजयी भएका छन् ।
सदस्यहरुमा सरस्वत िकेसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा. सुनिलकुमार शाह, ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु, ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मतका साथ विजयी भए ।
त्यस्तै, आइसीसी सदस्यहरुमा लिलादेवी गुरुङ, योगबहादुर फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सरोज मास्के निर्वाचित भएका छन् ।