सोलुखुम्बुको रमतेमा जन्मिनु भएको विष्णु खड्काको लर्के जोवन गित – भिडियो सार्वजनिक

रामेछाप : सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ४ रमितेमा जन्मिनु भएको लोक तथा दोहोरी गायक विष्णु खड्काको नयाँ लोक दोहोरी गीत गितको बोल लर्के जोवन’ गित,भिडियो बिहीबार सार्वजनिक भएको छ। नेपाली प्रत्रिकाका संवाददाता समेत रहेका गायक विष्णु खड्काले गित,भिडियो बिहीबार शिव दर्शन फिल्मस् प्रा.लीको युट्युब च्यानल मार्फत गीत र म्युजिक भिडियो सार्वजनिक गर्नु भएको थियो ।गायक खड्काले बिगत ५ बर्ष पहिले देखिनै रामेछापको बाम्तिभण्डारमा बसेर रेडियो पनि चलाउनु भएको थियो । गितले दुई दिनमा करिब ३० हजार भन्दा माथि भिवस कटेको छ । लर्के जोवन गीतमा खड्काको लय र सरिता मोक्तानको शब्द रहेको छ। चर्चित गायिका देवी घर्ती, गायक खड्का र मोक्तानको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र निर्मल क्षेत्रीले अभिनय गरेको थियो । म्युजिक भिडियोमा निर्देशक मदन खड्काको निर्देशन तथा बिरेन्द्र भट्टको छायांकन रहेको छ। भिडियोको सम्पादन प्रविन रेश्मी मगरले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस