सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका ६ मा हुने फिक्कल कप २०७६ नकआउट पुरुष फुटबल प्रतियोगिताको शुक्रबार उदघाटन गरिएको छ । स्थानिय रत्न गंगा युवा क्लब र फिक्क्ल उत्थान समाज परिवारको आयोजनामा विजया दशमी २०७६ को अवसरमा फिक्कल गाउँपालिका वडा नं ६ तिनखण्डे मैदानमा हुने प्रतियोगिताको पुर्व संबिधान सभा सदस्य एवंम नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुली ईञ्चार्ज बिषमलाल अधिकारी दनुवारले एक समारोहका बिच उदघाटन गरे।आयोजक रत्न गंगा युवा क्लब र नेपाल माझी उत्थान संघ ओखलढुंगा बिच शुक्रबार भएको उद्घाटन खेलमा माझी उत्थान संघ ट्राईब्रेकरमा १ —० गोलअन्तरले विजयी भएको छ । निर्धारित समय गोल रहित बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईब्रेकर बाट लिईएको हो । प्रतियोगितामा शनिबार ४ खेल हुनेछन् । शनिबार बिहान ७ बजे सुनाखरी युवा क्लब ए मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा र समाज युवा क्लब सुनकोशी गाउँपालिका ओखलढुंगा बिच खेल हुनेछ भने बिहान ९ बजे हुने खेलमा आयोजक रत्न गंगा युवा क्लब बि फिक्कल ६ र सोल्पा युवा क्लब फिक्कल ५ बिच खेल हुनेछ । यस्तै दिउँसो २ः३० बजे नागपोखरी युवा क्लब फिक्कल ६ र माने भञ्जाङ युवा क्लब बि ओखलढुंगा त्यसैगरि दिउँसो ४ बजे अम्बुले युवा क्लब ओखलढुंगा र हैबार युवा क्लब गोलन्जोर गाउँपालिका बिच खेल हुनेछ । प्रतियोगितामा सिन्धुली र ओखलढुंगाका गरि १४ टिमको सहभागिता रहेको आयोजक रत्न गंगा युवा क्लबका कपिल पौडेलले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट गोल किपर, मिड पिल्डर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाईनल खेल असोज ७ गते हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुँपैया सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो र तेसो हुनेले क्रमश ३० हजार, १५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उदघाटन समारोहमा फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वति सुनुवार, वडा २ का वडाध्यक्ष शंकर भण्डारी वडा नं ३ का वडाध्यक्ष टेक बहादुर रजन मगर वडा नं ५ का वडाध्यक्ष राजु बराल र वडा नं ६ का वडाध्यक्ष खडग् नेपाली लगायत स्थायिन राजनितिक दलका प्रतिनिधि एवंम खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।