प्रहरी र माओवादी बिच भिडन्त ६ जनाको मृत्यु, प्रहरी यसो भन्छ घटनाबारे

काठमाडौँ । माओवादी र प्रहरीबीच फेरी ठुलो भिडन्त भएको छ । उक्त भयानक भिडन्तमा माओवादीलाई भने ठुलो क्षति भएको छ ।माओवादी प्रभावित क्षेत्र दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ । गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृत्यु भएको थियो ।

सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ । त्यस्तै जलवायु परिवर्तनले पारिरहेको असरबारे विश्वलाई नै ध्यानाकर्षण गराउन संसारभरका अभियन्ताहरु सडकमा उत्रिएका छन् । स्वीडेनकी स्कूले किशोरी ग्रेटा थनबर्गले आफ्नो स्कूलबाट थालेको यस अभियान अहिले विश्वव्यापी बनेको छ । उनकै आह्वानमा भइरहेको यस अभियानमा संसारभरका विद्यार्थीदेखि अभियन्ताहरु सडकमा उत्रिएका हुन् । सेप्टेम्बर २० देखि २७ सम्मका लागि संसारभरका विश्व बचाउ अभियन्ताहरु सडकमा उत्रिएर विश्वभरका नीति निर्माताहरुलाई जलवायु परिवर्तनले पारेको असरबारे तत्काल काम गर्न अपील गर्नेछन् । अभियन्ता थनबर्गले फ्राइडे फर फुचर नाममा यो अभियानमा जोडिन अपील गरेकी छिन् । उनको यस अभियानलाई विश्व मानवअधिकारवादी संस्थाहरुले सघाएका छन् । यतिबेला विश्वका नीति निर्माताहरु अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा जुटिरहेका छन् । त्यही जलवायु परिवर्तनले पारेको असरबारे पनि छलफल हुँदैछ । विश्व जलवायु हड्ताल नाम दिइएको यस अभियानमा संसारका करोडौं लाखौंलाख बालबालिका जोडिने अपेक्षा गरिएको छ । अष्ट्रेलियामा मात्र तीन लाख ¥याली आयोजना गरिएको बताइएको छ । एशिया, अष्ट्रेलिया, युरोप, अमेरिका, अफ्रिकाका मुख्य मुख्य शहरका सडकमा बालबालिकाहरु प्लेकार्ड हातमा बोकेर मार्चमा संलग्न भएका छन् । वातावरणीय दुर्घटनाबाट संसारलाई बचाउन बालबालिकाहरुले कार्यान्वयन तहमा रहेकाहरुलाई तत्काल कदम चाल्न आह्वान गरिरहेका छन् । संसारभर हजारौं कार्यक्रम आयोजना गरिएका छन् । शुक्रवार साँझ न्यूयोर्कमा अभियन्ता ग्रेटा थनबर्गले सम्बोधन गर्ने बताइएको छ । शनिवार राष्ट्रसंघमा युवा जलवायु सम्मेलन गरिँदैछ । सोमवार राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेर्रेसले एक आपतकालीन सम्मेलन बोलाएका छन् । जहाँ विश्वभरका नेताहरु सहभागि हुनेछन् । उनले सन् २०१५ मा पेरिस जलवायु सम्मेलनमा गरिएको प्रतिवद्धता पालना गर्न सम्झाउने छन् ।

प्रतिक्रिया दिनुहोस