olux

रामेछाप गोकुलगंगा गाउँपालिकामा गैरसरकारी संस्था महासंघको समन्वय समिति गठन

रामेछाप : रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा गैरसरकारी संस्था महासंघको पालिका स्तरीय समन्वय समिति गठन भएको छ । गैसस महासंघ रामेछापको आयोजनामा भएको भेलाले समिति गठन गरेको हो । भेलाले अम्मरबहादुर सुनुवारको अध्यक्षतामा समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ः रमेश वस्नेत, उद्धवबहादुर कार्की र विनिता गुभाजू रहेका छन् । यसैगरि सदस्यहरुमा रेनुका खाती, कमला कार्की र भुवन बहादुर कार्की रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खड्बहादुर सुनुवारले विकास निर्माण र नागरिकलाई सचेत गराउने कुरामा गैससहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले स्थानीय सरकार गैससँग समन्वय र सहकार्य गरि अघि बढ्न तयार रहेको बताए । कार्यक्रममा गैसस महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ, उपाध्यक्ष रत्नप्रसाद कँडेल लगायतले बोलेका थिए । नव निर्वा्चित अध्यक्ष सुनुवारले आफुले सबैलाई मिलाएर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस