खाना पकाउने एलपी ग्यासको मूल्यमा २५ रुपैयाँ घटायो

काठमाडौं, असोज ३ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। योसँगै अब काठमाडौं उपत्यकाका उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्ने निगमका प्रवक्ता वीरेन्द्र गाइतले जानकारी दिए । यो व्यवस्था आज राति १२ बजेदेखि लागू हुनेछ। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिलिटर ५० रुपैयाँले घटाएको छ। अब सेवा संचालकलाई हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ। निगमले यसअघि डिजेल,पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। भारतबाट पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।

प्रतिक्रिया दिनुहोस